कालीमाटी तरकारी बजार : कोरोनाको प्रवाह नगरी ब्यापारी ब्यस्त, उपभोक्ता उस्तै « Khabarhub

कालीमाटी तरकारी बजार : कोरोनाको प्रवाह नगरी ब्यापारी ब्यस्त, उपभोक्ता उस्तै


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको छ ।

काठमाडौं महानगरको कृषि विभागको समन्वयमा शुक्रबार बजार अनुगमन क्रममा पनि त्यहाँ उस्ती भीडी थियो, कोरोना सन्त्रान न त ब्यापारीमा देखियो न उपभोक्तामा नै ।

आज बिहान ६ बजे बजार पुग्दा त्यहाँ मानिसहरुको भीड थियो । व्यक्ति—व्यक्ति बीचमा भौतिक दूरी ख्याल गरिएको थिएन । मानिसहरु तरकारी किन्ने र बेच्ने ध्यानमा थिए ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले यस अघि नै किसान बजार बन्द गराएको थियो । त्यसको मुल ढोका बन्द थियो तर भित्रबाट पसेर व्यापारीले कारोबार गरिरहेका थिए । उपभोक्ताहरु सामान किनिरहेका थिए ।

‘निषेध आदेश जारी भएपछि नजिकका व्यापारीले महङ्गो बनाए । तरकारी आएको छैन भन्छन् । घर नजिक एक किलो गोलभेडा किन्ने पैसाले यहाँ एक धार्नी नै पाइने रहेछ,’  एक उपभोक्ता भन्दै थिए, ‘हामीसँग चाहिँ सस्तो पैसा कहाँ छ र ?

अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अवलोकन गरिएको थियो ।

त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्य सूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो ।

कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार मुल्य, र गुणस्तरका आधारमा अवस्था बिग्रिएको छैन, तर जति हुनु पर्ने हो त्यति सुधार भएको छैन ।

‘व्यापारी र उपभोक्तामा महामारीको कति पनि डर देखिएन । यो बजारको मुल्य अस्थिर छैन । हामीले यहाँको मुल्य लिएका छौं, यसैका आधारमा बाहिरको मूल्य दाँजेर नियमन गर्छौं, ‘ भण्डारीले भने ।

समितिका कार्यकारी निर्देशक बिनोककुमार भट्टराई भन्छन्- ‘जनजीवन सहज बनाउन तरकारी बजार नियमित गर्नु पर्ने आवश्यकता छ । तर, व्यापारको चक्रमा व्यक्तिले स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउँदा समस्या भएको छ ।’

‘कालीमाटीमा जुन मुल्यमा सामान पाइन्छ । त्यही सामानको मूल्य बाहिर शतप्रतिशत धेरै हुने भएपछि यस्तो अवस्था आएको हो’, उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘व्यापारमा खरिद र बिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मुल्य सूची टाँस्ने, मूल्य सूचीका आधारमा उपभोक्ताले खरिद गर्ने हो भने समस्या कम हुन्छ ।’

कालीमाटी बजार बिकास समितिले भदौ ७ गते विकास समितिले दुई पाङ्ग्रे सवारी साधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदुरलाई समूहमा बस्न निरुत्साह गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो ।

यो सूचनाको पालनामा पनि समस्या देखियो । सूचनामा इजाजत प्राप्त व्यवसायीले २ जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुन पानीले हात धुनु पर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषि उपज लिएर आउने सवारीले बिहान ९ बजेदेखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्ने लगायत बिषय उल्लेख गरिएको थियो ।

दैनिक औसतमा ५ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् । बजारमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन कठिन भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ४५ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने