एनआरएनले नेपालमा ‘घुम्ती रगत संकलन बस सेवा’ संचालन गर्ने « Khabarhub

एनआरएनले नेपालमा ‘घुम्ती रगत संकलन बस सेवा’ संचालन गर्ने



दोहा – गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालमा घुम्ती रगत संकलन बस सेवा संचालन गर्ने भएको छ ।

परियोजनाबारे गैरआवासीय नेपाली संघले नेपाल रेडक्रस सोसईटी चितवनसँग सहकार्य गरि मौसम प्रतिकूलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत संकलन बस परियोजना” संचालन गर्न लागेको जनाएको छ ।

यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्धत गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बसका लागि सम्झौता भइसकेको एनआरएनले जनाएको छ ।

रगत संकलनका लागि यही अक्टोबरमा क्षेत्रीय रक्त संचार सेवा भरतपुरलाई हस्तानतरण हुनेछ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको छ ।

नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रीय रक्तसंचार सेवा चितवनले गरेको छ ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ ।

यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ४६ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,