वीरगन्जमा थपियो एक साता निषेधाज्ञा « Khabarhub

वीरगन्जमा थपियो एक साता निषेधाज्ञा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि वीरगन्जमा थप एक साताका निषेधाज्ञा लम्ब्याइएको छ ।

शनिबारदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा थपिएको हो।

साउन १९ गतेदेखि जिल्लाभरि लगाइएको निषेधाज्ञा भने खुकुलो पारिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

वीरगन्जबाहेका भदौ १९ गतेपछि लकडाउन खुले पनि जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

बैठकले चार जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन नपाउने, शैक्षिक संस्था, सैलुन, ब्युटिपार्लर, जिमखाना, पुस्तकालय लगायत बन्द रहने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ४४ बजे

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके