प्रदेश नं १ मा थपिए ७४ सङ्क्रमित, तीनको मृत्यु | Khabarhub Khabarhub

प्रदेश नं १ मा थपिए ७४ सङ्क्रमित, तीनको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४-१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् । त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई÷दुई पुरुषमा सङ्क्रमण देखिएको छ ।

झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार १०४ पुगेको छ ।

तीन जनाको मृत्यु

यसैगरी पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु् भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्युहुनेमा झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारी नगरपालिका–५ का ५६ वर्षीय महिला र सिरहा जिल्लाको लहान घर भई विराटनगर–१० बस्ने ६५ वर्षीय महिला रहेका छन् । यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । तीमध्ये प्रदेश नं १ स्थायी ठेगाना भएका २० र अन्य प्रदेशका आठ जना रहेका छन् ।

यो प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङ आइसोलेसन केन्द्रबाट दुईजना रहेका छन् । यो प्रदेशमा अहिलेसम्म एक हजार ५१६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज एक हजार ३२७ जनाको पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ८५ हजार २०२ जनाको पिसीआर परीक्षण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ५८ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा