साढे २२ लाख खर्चेर अर्डर गरेको ब्याग किन नष्ट गरियो ? « Khabarhub

साढे २२ लाख खर्चेर अर्डर गरेको ब्याग किन नष्ट गरियो ?


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः महिलाले प्रयोग गर्ने कुनै पनि हैण्ड ब्यागको मुल्य कति पर्ला ? नेपाली बजारमा पाइने ब्यागमा औसत अधिकतम् मुल्य ८/१० हजार वा बढिमा २५ हजारसम्म पर्न सक्छ । तर के कुनै ब्यागको मुल्य २२ लाख ३२ हजारभन्दा बढि पर्ला ?

अस्ट्रेलियामा एक महिलाले आफ्नो रोजाईको अत्यन्त महंगो ब्याग अर्डर गरिन् । उनले अर्डर गरेको ब्यागको मुल्य १९ हजार डलर अर्थात २२ लाख नेपाली रुपैयाँभन्दा बढि थियो ।

उनले मगाएको इम्पोर्टेड ब्याग भने ति महिलाले प्रयोग गर्न पाइनन् । उनले उक्त ब्यागलाई नष्ट गर्नुपर्यो । यति महंगो ब्याग नष्ट गर्नको कारण भने यसको इजाजत थियो ।

खासमा गोहिको छालाबाट बनेको उक्त मुल्यवान् ब्याग प्रयोगका निम्ती इजाजत (परमिट) लिनुपथ्र्यो । तर ब्याग अर्डर गरेकि महिलाले केवल ७० डलर (८ हजार २ सय नेपाली रुपैँया बराबर) को इजाजत लिइनन् । जसका कारण सो ब्याग प्रयोग अगावै नष्ट गर्नुपर्यो ।

अस्ट्रेलियामा वन्यजन्तुसंग जोडिएका समाग्रीको अवैध उपयोगमा अधिकतम १० बर्षको जेल सजाय हुने ब्यवस्था छ । विश्वका कैयौं देशमा लोपोन्मुख जनावरको प्रयोगबाट बनाइने सामाग्रीको उपयोगमा बर्जित गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : २१ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि