कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो ।

हालसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार आइतवारसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हावाबाट कोरोना सर्दैन

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘दुई मिटर (६ फिट) सम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’ स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन आग्रह गरेको छ ।

कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

७८ हजार ३ सय ४३ जनाको उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : २२ बजे

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक

बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता

काठमाडौं– बागमती प्रदेशमा सत्ता संघर्ष चलिरहेका बेला नेपाली कांग्रेस र

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण

थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह

एजेन्सी– कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको

राप्ती नदीमा १३३ गोही छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३