पर्यटक नआएपछि सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट « Khabarhub

पर्यटक नआएपछि सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।

जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको व्यवसायी बताउँछन् ।

पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल भएको छ । भारतबाट भाडामा ल्याइएका १० हात्ती फिर्ता गरिएको छ । हाल हात्तीको पर्यटकीय व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हाल व्यवसायीले आफैँले हात्ती पाल्दै आएका छन् । ती हात्तीको बुकिङ गरेर पर्यटकीय गतिविधिमा सहकारीले सहयोग गर्दै आएको छ ।

जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गर्दछन् । अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा हाराहारी जग्गा खोजी भइरहेको छ ।

तिवारीका अनुसार जग्गा पाएसँगै सबै हात्तीलाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने छ । हाल व्यक्तिको हात्ती रहेको छ भने अब सहकारीको हुनेछ । सहकारीमा पर्यटन व्यवसायीहरुलाई सदस्य बनाइने छ ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्ती मध्ये बूढा र अस्वस्थ हात्तीलाई काममा लगाईने छैन । प्रजनन योग्यलाई प्रजनन कार्यमा लगाइने छ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइने छ ।

क्रमशः ठूलो जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना व्यवसायीले बनाएका छन् ।

भट्टराईका अनुसार भविष्यमा हात्ती चढ्ने कुरालाई भन्दा हात्तीसँग खेल्ने र रमाउने गरी गतिविधि गर्ने तयारी गरिएको छ । हात्तीलाई छुट्टाछुट्टै पालनपोषण र रेखदेख गर्दा खर्च बढी हुने भएपछि यो अवधारणा ल्याइएको हो ।

यसले खर्चमा कमी ल्याउने अपेक्षा व्यवसायीले गरेका छन् । एउटा हात्तीलाई एक महिनामा रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।

भाडामा लिएका हात्तीको भाडा मासिक रु ५०/६० हजार तिर्नुपर्ने हुन्छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरुमा घुमाउने गर्दछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : २५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका