गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशन

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

'पहिचान भेटिने र द्वन्द्व मेटिने काम कांग्रेसले गरेको छ'


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ नामक राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले मुलुकको समसामयिक राजनीतिक अवस्था, कांग्रेसको भूमिका र आगामी राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका हुन्।

बन्दसत्रलाई सम्बोधन गर्दै थापाले मुलुकका समस्या सरकार र प्रतिपक्ष वा राजनीतिक दलमा मात्रै सीमित नरहेको बताए। समाज र परिवारसम्मै एकअर्काप्रति घृणा र निषेधको भावना फैलिएको उनको भनाइ थियो।

‘समस्या सरकार र प्रतिपक्षमा मात्र होइन, घरघरमा समस्या छ। एक–अर्काप्रति घृणा र निषेध छ, यो व्यापक रूपमा फैलिएको छ,’ उनले भने।

थापाले नेपालको राजनीतिक इतिहासका विभिन्न कालखण्डको चर्चा गर्दै २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेस २७ सिटमा सीमित भएको प्रसंग पनि उल्लेख गरे। उक्त निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बने पनि संविधान निर्माण हुन नसकेको उनले बताए।

हाल प्रतिनिधिसभामा कांग्रेसको संख्या पनि अपेक्षाकृत सानो रहेको उल्लेख गर्दै थापाले फागुन २१ गते भएको निर्वाचनको प्रसंगमा कांग्रेसले चुनाव हार्ने डरले निर्वाचन नै नगराएको भए अहिलेको अवस्था अझ जटिल हुन सक्ने बताए।

‘चुनाव हारिन्छ भनेर नगराएको भए कांग्रेस यो अवस्थामा हुने थिएन, तर चुनाव नै नगराएको भए फेरि चुनाव नहुने अवस्था बन्ने थियो,’ उनले भने।

राजनीतिक उतारचढाव र चुनौतीका बाबजुद कांग्रेसले समाजलाई एकताबद्ध बनाउने तथा द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाको दाबी छ।

उनले कांग्रेसले विभिन्न समुदाय र पहिचानलाई राजनीतिक मूलधारमा जोड्दै सामाजिक द्वन्द्व न्यूनीकरणमा योगदान गरेको बताए।

‘समाजलाई जोड्ने काम कांग्रेसले गरेको छ। पहिचान भेटिने र द्वन्द्व मेटिने काम कांग्रेसले नै गरेको छ,’ थापाले भने।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ३६ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।