भार्डीको ह्याट्रिकमा लेष्टरसँग सिटी पराजित « Khabarhub

भार्डीको ह्याट्रिकमा लेष्टरसँग सिटी पराजित


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी लेष्टर युनाइटेडसँग पराजित भएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेष्टरले ५–२ गोल अन्तरको शानदार जीत हात पारेको हो ।

लेष्टरको जीतमा जमिइ भार्डीले ह्याट्रिक पुरा गरे भने जेम्स माडिसन र योरी ताइलेम्यान्सले समान एक एक गोल गरे भने दुई गोल फर्काएको सिटीका लागि रियाद महरेज र नाथन आकेले समान एक–एक गोल गरे ।

सिटीले रफ खेल खेल्दा लेष्टरलाई फाइदा भएको खेलमा भार्डिले पेनाल्टीमार्फत् नै दुई गोल गरे । उनले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो गोल ५३ औं मिनेटमा गरे भने ५८ औं मिनेटमा टीमले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

यस्तै, लेष्टरका लागि माडिसनले ७७ औं मिनेटमा र ताइलेम्यान्सले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । यता, सिटीले भने महरेजले खेलको ४ औं मिनेटमा गोल गर्दा पनि अग्रता जोगाउन नसक्दा हार व्येहोर्न पुगेको छ । सिटीका लागि दोस्रो गोल नाथन आकेले ८४ औं मिनेटमा गर्दै फर्काएको थियो ।

तीन खेल खेलेको लेष्टर सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने पराजित दुई खेलमा एक खेलमात्रै जितेको छ ।

यस्तै, गए राति भएको अर्को खेलमा लिड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ भने टोटनहमले न्यु क्यासल युनाइटेडसँग १–१ गोल बराबरी खेलेको छ ।

यस्तै, अर्को खेलमा वेष्ट हाम युनाइटेडले बोल्भरह्यामटनलाई ४–० गोल अन्तरले हराएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ०९ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको