पुसबाट २७ मेगावाट बिजुली थपिने « Khabarhub

पुसबाट २७ मेगावाट बिजुली थपिने


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ : लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ। दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा उक्त मितिमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीका साथ कामलाई अघि बढाइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले बताए।

उनले भने, ‘बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युतगृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भइरहेको छ।’ करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेसिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ। यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरी विसं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो।

यद्यपि काम थालनी भएपछि भएको नाकाबन्दी, अघिल्लो वर्खामा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।

पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण कार्य सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो तर कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा समेत निर्माण कार्य सम्पन्न हुन नसकेपछि आगामी पुस महिनाबाट बिजुली निकाल्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ।

आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड रहेको छ। बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युतगृह रहेको छ। आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत प्राधिकरण र उक्त कम्पनीका बीचमा २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ।

रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करीब रु चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ। गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमइ ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुछ्रे मेटल एण्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो।

यस आयोजनाभन्दा अघि जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र, माथिल्लो ५० मेगावाट क्षमताको मर्स्याङ्दी ए लगायतका छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिइसकेको छ। त्यस्तै यस २७ मेगावाटको दोर्दीखोला जलविद्युत निर्माण भएको दोर्दी करिडोरमै यस बाहेक चार वटा आयोजनाहरु निर्माणाधीन रहेका छन् भने जिल्लाभरि करिब एक दर्जन आयोजनाहरु निर्माणाधीन छन्।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ११ : ५९ बजे

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०