यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी « Khabarhub

यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री पायल घोषले निर्माता/निर्देशक अनुराग कश्यपमाथि यौन दुर ब्यर्वहारको आरोप लगाएकी छिन् । पायल र अनुरागको यस शीर्षकले बलिउडमा निकै बहस भएको छ ।

बलिउडमा यौन दुर ब्यवहारको आरोप लागेको पहिलो घटना भने होइन । यसअघि पनि बिभिन्न बलिउड सेलिब्रेटीमाथि यौन उत्पीडनको आरोप लागेको थियो । आज हामी यीनै बलिउडकर्मीको चर्चा गर्नेछौ :

Nana Patekar

१. नाना पाटेकर
सन् २०१८ मा बलिउड अभिनेत्री तनुश्री दत्तले नामी अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । यसबारे नाना पाटेकरले तनुश्रीको आरोपको खण्डन गर्दै आफु निर्दाेष रहेको बताएका थिए ।

Alok Nath

२. आलोक नाथ
यौन उत्पिडनको आरोपबाट बलिउड फिल्मी जगतमा आर्दश पिताको छबि बनाएको अभिनेता आलोक नाथ पनि बच्न सकेनन् । उनी उपर लेखिका विन्ता नन्दाले फेसबुक पोस्ट मार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

Vikas Behl
३. विकास बहल
चिल्लर पार्टी, क्वीन र शानदार जस्ता सुपरहिट बलिउड फिल्म निर्देशक विकास बहलमाथि पनि यौन उत्पीडनको आरोप लागेको थियो । फैन्टम फिल्म्समा काम गर्ने एक कर्मचारीले विकाश उपर शारीरिक उत्पीडनको आरोप लगाएकि थिइन् ।

Kailash Kher

४. कैलाश खेर
चर्चित बलिउड गायक कैलाश खेर समेत यौन उत्पीडनको आरोपबाट बच्न सकेनन् । सन् २०१८ मा गायिका मोहापात्रा र अर्की एक महिलाले कैलाशको विरुद्धमा यौन उत्पीडनको आरोप लगाएका थिए ।

abhishek bhattacharya

५. अभिजीत भट्टाचार्य
गायक अभिजीत भट्टाचार्यमाथि समेत एक विमान परिचालिका (फ्लाइट अटेन्डेन्ट)ले यौन दुर ब्यर्वहारको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २० बर्ष पहिले अभिजीतले उनलाई चुम्बन गर्न खोजेका थिए । हुनत यस आरोपलाई अभिजीतले अस्विकार गरका थिए ।

Varun Grover

६. वरुण ग्रोवर
सन् २०१५ मा उत्कृष्ट शब्द (बेस्ट लिरिक्स) नेशनल अवार्ड जीतेका बलिउड गायक वरुण ग्रोवरका विरुद्ध एक महिलाले यौन उत्पीडनको आरोप लगाएकि थिइन् । ति महिलाका अनुसार सन् २००१ मा एक रिहर्सलमा वरुणले उनलाई गलत तरीकाले छुएका थिए । वरुणले यस आरोपको खण्डन गरेका थिए ।

shani ahuja

७. शाइनी आहूजा
बलिउड अभिनेता शाइनी आहूजामाथि बलात्कारको आरोप प्रमाणित भएको थियो । सन् २००९ मा शाइनी आहूजाले घरमा काम गर्ने महिला कामदारको बलात्कार गरेको आरोप लागेको थियो । यस आरोपमा उनलाई दोषी मान्दै सन् २०११ मा ७ बर्षको जेल भयो ।

sajid khan

८. साजिद खान
बलिउड निर्देशक, कोरियोग्राफर तथा फराह खानका भाई साजिद खान विरुद्ध समेत यौन उत्पिडनको आरोप लागेको थियो । उनलाई अभिनेत्री सलोनी चोपडाले कैयौं महिनासम्म यौन दुराचार गरेको र मानसिक तनाव दिएको आरोप लगाएकि थिइन् । यस उपर साजिदले पिडीत उपर न्यायिक कारबाहि गर्न आग्रह गरे । पछि यो घटना बिस्तारै सेलाएर गयो ।

subhash ghai

९. सुभाष घई
बलिउडका चर्चित निर्माता, निर्देशक र स्क्रीपराइटर सुभाष घई उपर समेत यौन उत्पिडनको आरोप लागेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १२ : २९ बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले