क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम « Khabarhub

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् ।

जेलर अनिल तिवारीले भने, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।”

कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा संक्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको जेलर तिवारीको भनाइ छ ।

कारागारमा शंकास्पद १० कैदी र सबै थुनुवाको तथा १० जना कारागारका कर्मचारी एवं सुरक्षाकर्मीको पिसीआर परीक्षण गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गत जेठ ९ गते बैतडीका पहिलो कोरोना संक्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम हुनाका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताए ।

उनले भने, “कोरोना भाइरसको संक्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टिन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।”

कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको भए पनि बैतडीमा पनि आवश्यक रहे पनि निर्माण गर्न नसकिएको हो । “क्वारेन्टिन तथा आइसोलेसन बनाउन हामीसँग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन”, जेलर तिवारीले भने ।

कारागार कार्यालयले कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिइएको छैन भने संक्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ । बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ । वर्षौ भइसक्दासमेत जीर्णोद्धार नहुँदा समस्या भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ५७ बजे

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम