क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम | Khabarhub Khabarhub

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् ।

जेलर अनिल तिवारीले भने, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।”

कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा संक्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको जेलर तिवारीको भनाइ छ ।

कारागारमा शंकास्पद १० कैदी र सबै थुनुवाको तथा १० जना कारागारका कर्मचारी एवं सुरक्षाकर्मीको पिसीआर परीक्षण गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गत जेठ ९ गते बैतडीका पहिलो कोरोना संक्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम हुनाका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताए ।

उनले भने, “कोरोना भाइरसको संक्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टिन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।”

कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको भए पनि बैतडीमा पनि आवश्यक रहे पनि निर्माण गर्न नसकिएको हो । “क्वारेन्टिन तथा आइसोलेसन बनाउन हामीसँग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन”, जेलर तिवारीले भने ।

कारागार कार्यालयले कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिइएको छैन भने संक्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ । बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ । वर्षौ भइसक्दासमेत जीर्णोद्धार नहुँदा समस्या भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : ५७ बजे

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

मुगुका यार्सा पाटन जेठ १५ बाट खुला गरिने

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन