६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने « Khabarhub

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आगामी ६ दिनभित्र पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ । 

सडक विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पन्छाउने, कटान मर्मत गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको छ ।

सडकको वर्तमान स्थिति अनुसार घासा-कोरला खण्डमा पहिरो हटाई यातायात दुईतर्फी रूपमा नै सञ्चालन भइरहेको छ । त्यसैगरी तातोपानी क्षेत्रमा नदीले काटेको सडकमा ब्याककटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात पुनः सुचारु गराइएको छ । राहुघाटदेखि सिरुवारीसम्म भने एकतर्फी सडक खुलेको छ र पोखरेबगर नजिकैको रातोपानी खण्डमा पनि नयाँ ट्रयाक खुलाइएको विभागले जनाएको छ ।

अर्कोतर्फ, केही खण्डहरूमा भने पहिरो र कटानका कारण अत्यधिक क्षति पुगेको छ। रातोपानीका दुई ठाउँमा र भीरकाटे नजिक मानिस समेत पैदल हिँड्न नमिल्ने गरी सडक टुटेको छ । यस्तै, बेगखोला नजिकै करिब १०० मिटर सडक पूर्ण रूपमा काटेको छ भने बैसेरीको पुरानै पहिरो गएको स्थानमा अझ ठूलो पहिरो खसेको विभागले जनाएको छ ।

विभागका अनुसार मर्मत कार्यअन्तर्गत हाल पोखरेबजार पुलको एप्रोच निर्माण भइरहेको छ भने कुनेटोमा ब्याकफिलिङको काम जारी छ । सोमबार बिहानदेखि मुख्य कटान तथा पहिरो गएको अति संवेदनशील क्षेत्र (क्रिटिकल सेक्सन) मा मर्मतको काम सुरु गरिनेछ ।

उक्त मुख्य खण्डको काम सम्पन्न हुन करिब दुई दिन लाग्ने अनुमान गरिएको छ र सबै कार्य सम्पन्न भई समग्रमा अब ६ दिनभित्र बेनी-जोमसोम बाटो पूर्ण रूपमा सुचारु हुने विभागको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ४३ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।