दशैँ लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने « Khabarhub

दशैँ लक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौँ उपत्यकामा पाँच/पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए ।

मन्त्रालयमा भएको छलफलमा दुबै कम्पनीले एक अर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पोरेशनले जनाएको छ ।

तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने

कम्पनीले दशैंका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।

शुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा दुई हजार मात्र ल्याइने भएको छ ।

गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिए ।

थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : ४८ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख