हुम्लामा थप दुई जनामा कोरोना संक्रमण « Khabarhub

हुम्लामा थप दुई जनामा कोरोना संक्रमण


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ४ मा एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि भएपछि उनीको सम्पर्कमा आएको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा आज पोजेटिभ देखिएको हो ।

बाँकेको नेपालगञ्जबाट समिट एयरको उडान मार्फत असोज ३ गते शनिबार सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए ।

प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

अब जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्र्षीया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : २३ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ