हुम्लामा थप दुई जनामा कोरोना संक्रमण « Khabarhub

हुम्लामा थप दुई जनामा कोरोना संक्रमण


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ४ मा एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि भएपछि उनीको सम्पर्कमा आएको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा आज पोजेटिभ देखिएको हो ।

बाँकेको नेपालगञ्जबाट समिट एयरको उडान मार्फत असोज ३ गते शनिबार सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए ।

प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

अब जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्र्षीया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : २३ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित