हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिएको विरोधमा आन्दोलनमा उत्रिए नेवानिका कर्मचारी « Khabarhub

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिएको विरोधमा आन्दोलनमा उत्रिए नेवानिका कर्मचारी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा दिएकोप्रति नेपाल वायुसेवा निगम कर्मचारी संघले विरोध जनाउँदै प्रथम चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा संघका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारको यो निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् ।

‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत छ, राष्ट्र र राष्ट्रिय हित विपरीत छ, परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णयको विरुद्धमा संघ पहिलो चरणमा निम्नलिखित विरोध तथा आन्दोलनका कार्यक्रम घोषणा गर्दछ।’

कर्मचारी संघले विदेशी लगानी रहेको हिमालयन एयरलाइन्सलाई मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवाका नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिएको यो निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत भएको जनाएको छ ।

नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक संस्था नेपाल वायुसेवा निगम भएको र स्थापनाकालदेखि नै ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको एक मात्र मान्यताप्राप्त संस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल वायुसेवा निगमको चल अचल सम्पत्तिको मूल्याङ्कन हवाइ माफियाको चक्करमा निजी स्वार्थ लिप्त भई घटाएर गरेको र निगमलाई कम्पनी मोडलको बहानामा निजीकरण गरी संस्था बन्द गराउने योजनामा वर्तमान व्यवस्थापक लागिपरेको संघले आरोप लगाएको छ ।

संघले मन्त्रीको ठाडो आदेशमा गरिएको यो निर्णय तत्काल सच्याउन माग गर्दै निर्णयको विरुद्धमा पहिलो चरणका विरोध तथा आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको छ ।

संघले विरोधस्वरुप १३ गते मंगलवार नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरू कालो पट्टी बाँधेर कार्यालयको काम गर्ने, यस्तै १४ गते सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी गर्ने जनाएको छ ।

यस्तै १५ गते विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने, १६ गते दिनको १२ बजे आन्दोलनको समीक्षा गर्ने र १८ गते दोस्रो चरणका ठप्प पार्ने कार्यक्रमको घोषणा गर्ने संघले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १० : १७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये