हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिएको विरोधमा आन्दोलनमा उत्रिए नेवानिका कर्मचारी « Khabarhub

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिएको विरोधमा आन्दोलनमा उत्रिए नेवानिका कर्मचारी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा दिएकोप्रति नेपाल वायुसेवा निगम कर्मचारी संघले विरोध जनाउँदै प्रथम चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा संघका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारको यो निर्णय तत्काल सच्याउन माग समेत गरेका छन् ।

‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत छ, राष्ट्र र राष्ट्रिय हित विपरीत छ, परिस्थितिको आँकलन गरी सो निर्णय तत्काल सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णयको विरुद्धमा संघ पहिलो चरणमा निम्नलिखित विरोध तथा आन्दोलनका कार्यक्रम घोषणा गर्दछ।’

कर्मचारी संघले विदेशी लगानी रहेको हिमालयन एयरलाइन्सलाई मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवाका नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिएको यो निर्णय राष्ट्र र राष्ट्रिय हित विपरीत भएको जनाएको छ ।

नेपालको एकमात्र राष्ट्रिय ध्वजाबाहक संस्था नेपाल वायुसेवा निगम भएको र स्थापनाकालदेखि नै ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको एक मात्र मान्यताप्राप्त संस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल वायुसेवा निगमको चल अचल सम्पत्तिको मूल्याङ्कन हवाइ माफियाको चक्करमा निजी स्वार्थ लिप्त भई घटाएर गरेको र निगमलाई कम्पनी मोडलको बहानामा निजीकरण गरी संस्था बन्द गराउने योजनामा वर्तमान व्यवस्थापक लागिपरेको संघले आरोप लगाएको छ ।

संघले मन्त्रीको ठाडो आदेशमा गरिएको यो निर्णय तत्काल सच्याउन माग गर्दै निर्णयको विरुद्धमा पहिलो चरणका विरोध तथा आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको छ ।

संघले विरोधस्वरुप १३ गते मंगलवार नेपाल वायुसेवा निगमका सम्पूर्ण कर्मचारीहरू कालो पट्टी बाँधेर कार्यालयको काम गर्ने, यस्तै १४ गते सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी गर्ने जनाएको छ ।

यस्तै १५ गते विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने, १६ गते दिनको १२ बजे आन्दोलनको समीक्षा गर्ने र १८ गते दोस्रो चरणका ठप्प पार्ने कार्यक्रमको घोषणा गर्ने संघले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १० : १७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम