च्याम्पियन्स लिगमा बायर्न म्युनिखको जित « Khabarhub

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको जित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ ।

मंगलबार राति भएको समूह ‘ए’ को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ ।

लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्नलाई अघि बढाए ।

एन्टोन मिरानचुकले ७०औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे । मिडफिल्डर जोशुआ किमिचले ७९औं मिनेटमा भलीमार्फत बायर्नका लागि विजयी गोल गरे ।

प्रशिक्षक हान्सी फ्रिल्किको नेतृत्वमा बायर्नले पछिल्ला ३६ खेलमध्य ३४ खेलमा जित निकालेको छ । हान्सीको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिगका सबै १० खेलमा जित निकालेको छ ।

अहिलेसम्म शतप्रतिशत जित निकाल्दै बायर्नले ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ०८ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल