दशैँमा परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको « Khabarhub

दशैँमा परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ ।

एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए ।

सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू  भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ । ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन् ।

यस्तो छ ४ दिनको परीक्षण विवरण

कात्तिक ८- १३८४६ पीसीआर परीक्षण २२२५ संक्रमित

कात्तिक ९-१२३११ पीसीआर परीक्षण २८५६ संक्रमित

कात्तिक १०- ५००६ पीसीआर परीक्षण १७४१ संक्रमित

कात्तिक ११- २७२५ पीसीआर परीक्षण ५७० संक्रमित

७४ प्रतिशत निको

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, बागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा मंगलबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३२ हजार ४६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

मंगलबारसम्मको विवरणअनुसार नेपालमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ३ : ३० बजे

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन

आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय