च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित « Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो ।

खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ५३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी