छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

खोटाङ, बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को१ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय दक्षुमान राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राईको धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, कलैया उपमहानगरपालिका-१६ स्थित सडकमा बा२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका-६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा लु६०प ७१४० र म१प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म१प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु६०प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा१८च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : १२ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन