बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा कन्काई नगरपालिका-३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाई पक्राउ परेका छन् ।

प्रसाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । फरक फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा बैंकिङ कसूर मुद्दामध्ये पहिलोमा उच्च अदालत बिराटनगरको २०७६ पुस १४ गतेको फैसलाले १ महिना कैद र २५ लाख रुपैयाँ तथा दोस्रो मुद्दामा सोही अदालतको २०७६ पुस २१ गतेको फैसलाले १ महिना कैद र ९० लाख रुपैयाँ जरिवाना ठहर भई निज फरार रहेका थिए ।

फरार रहेका राजेन्द्रलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत झापामा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : २१ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित