१० बोरा पटाकासहित पक्राउ « Khabarhub

१० बोरा पटाकासहित पक्राउ


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुकाई छिपाई ल्याएको १० बोरा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेकजाँचको क्रममा यात्रुबाहक बसबाट पटाकासहित एक जनालाई पक्राउ गरेको हो ।

महेन्द्रगनरबाट काठमाण्डौ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा उक्त यात्रुबाहक बसको सिटहरू मुनि लुकाई छिपाई ल्याएको अवस्थामा पटाका भेट्टिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले तत्काल उक्त बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका–४ का नबिन जोशीलाई पक्राउ गरेको छ ।

उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याईएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ५ : ४५ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्