१० बोरा पटाकासहित पक्राउ « Khabarhub

१० बोरा पटाकासहित पक्राउ


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुकाई छिपाई ल्याएको १० बोरा पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेकजाँचको क्रममा यात्रुबाहक बसबाट पटाकासहित एक जनालाई पक्राउ गरेको हो ।

महेन्द्रगनरबाट काठमाण्डौ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा उक्त यात्रुबाहक बसको सिटहरू मुनि लुकाई छिपाई ल्याएको अवस्थामा पटाका भेट्टिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले तत्काल उक्त बसका चालक कन्चनपुर भिमदत्त नगरपालिका–४ का नबिन जोशीलाई पक्राउ गरेको छ ।

उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याईएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ५ : ४५ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)