ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई कारबाही | Khabarhub Khabarhub

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई कारबाही


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक तथा सहचालक  कारबाहीमा परेका छन् ।

दशैँ अवधिमा सवारी नियम उल्लंघनविरुद्ध चलाइएको अभियानका क्रममा प्रहरीलाई नै आर्थिक लोभ देखाउने ८ जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारबाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् । उनीहरुले सवारी नियम उल्लंघन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेको जनाइएको छ ।

महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार सङ्गठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ । यसअघि पनि प्रलोभनमा नपर्ने ७३ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिसकिएको उनले बताए ।

महाशाखाले कुनै प्रहरीले लापरबाही गरेको वा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजीकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ०२ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ