वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या « Khabarhub

वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ ।

राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो ।

यसअघि सन् २०१० र २०१२ मा पनि चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् ।

जारिफले हत्यामा इरारायलको संलग्नता हुन सक्ने जनाएका छन् ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं।’

उनले त्यसको बदला लिने पनि चेतावनी दिएका छन्।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ०८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र