नेकपा सचिवालय बैठक आज, ओलीले राजनीतिक प्रस्ताव पेस गर्दै    « Khabarhub

नेकपा सचिवालय बैठक आज, ओलीले राजनीतिक प्रस्ताव पेस गर्दै   


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भएको बताउँदै आएका ओलीले आफूविरूद्धका आरोपको प्रतिवाद गर्दै आएका छन् ।

ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर समेटेर प्रस्ताव तयार गरेका छन् ।

आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि प्रचण्ड-नेपाल समूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको छ ।

सर्वप्रथम दुबै पक्ष अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड-माधव समूहको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि ओली रूष्ट छन् ।

उक्त प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उनले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिएका थिए ।

सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् ।

त्यसका लागि दुबै पक्षले विभिन्न प्रदेशहरूमा गुटगत भेला पनि गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : १० बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई