हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा « Khabarhub

हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९  बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् ।

जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका  बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ‘ए’ ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ ।

छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल  भिटामिन ‘ए’ वितरण गरिएको छ ।

त्यस्तै १२ महिनादेखि दुई वर्षसम्मका शिशुलाई आधा ट्याब्लेट  र दुई वर्षदेखि पाँच वर्षसम्म उमेर समूहलाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेण्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिए ।

सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन  भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ५० बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

राजनीतिपछि शिथिल प्रकाश !

काठमाडौँ- गायक प्रकाश सपुत राजनीतिमा प्रवेश गरेसँगै धेरैले टिप्पणी गरेका

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौँ– नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका चारवटा समितिको बैठक आज

प्रतिनिधिसभा बैठक बस्दै, अख्तियारको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक