भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण « Khabarhub

भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ ।

भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै महानगर प्रमुख रेनु दाहालले अघिल्लो वर्षको योजना भए पनि कोभिड–१९ का कारण यस वर्ष १२ वटा वडाका ३३० छात्रालाई साइकल वितरण गरिने बताइन् ।

उनका अनुसार महानगरले विभिन्न वडामा पुगेर छात्रालाई साइकल वितरण गरिरहेको छ । यसअघि महानगरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्रालाई साइकल वितरण भएको थियो ।

महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनुपर्ने अवधारणा अगाडि सारेको छ ।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ । महागरले सबै स्कूलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कूललाई एउटा ल्यापटप उपलब्ध गराएको प्रमुख दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १२ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, कांग्रेस देउवा पक्षको अनामनगरस्थित सम्पर्क कार्यालय  

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनको लागि देउवा पक्षका

रुबी खानको अनशन २३ औँ दिनमा टुंगियो, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी

गण्डकी प्रदेशले भौतिक पूर्वाधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा

पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान

गण्डकी– छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान

सरकार, नियामक र ठूला उद्योगीको भूमिका शंकास्पद, ऐन नै फेरेर राजस्वमा गडबडी

काठमाडौं– महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कर छुट, लेखापरीक्षण लगायतका विषयमा सरकारको