उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहले खोल्यो जितको खाता | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहले खोल्यो जितको खाता


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ ।

ढकाल समूहबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् । दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए ।

निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला-नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए ।

बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको थियो । अहिले मतगणना जारी रहेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् ।

अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : १५ बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक