लोकतन्त्रमाथि ‘प्रहार’ हुँदा व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : नेता कोइराला « Khabarhub

लोकतन्त्रमाथि ‘प्रहार’ हुँदा व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढ्यो : नेता कोइराला


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दूरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चिकित्सक समेत रहेका उनले कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुँने बताए।

कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे । कोइरालाले कुनैपनि बाहानामा पार्टीको महाधिवेशन रोकिन नहुनेमा जोड दिएका छन ।

नेपाली काँग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले भने ,‘ १४ औं महाधिवेशन मार्फत काँग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ। कुनै पनि बाहानामा पार्टीको महाधिवेशन रोकिन हुन्न । ’

यस्तै कोइरालाले व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको बताए ।

‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका बढेको छ । सबै सचेत हुने बेला आएको छ,’ उनले भने ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ३० बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि