६ वर्षपछि बाहिरियो मृत्युको कारण, महिनौसम्म फटेंग्रा खुवाउँदा ज्यान गयो « Khabarhub

६ वर्षपछि बाहिरियो मृत्युको कारण, महिनौसम्म फटेंग्रा खुवाउँदा ज्यान गयो


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका एक ब्यक्तिको मृत्यु पर्यन्त गरिएको अनुसन्धानमा एक रोचक तथ्य बाहिरिएको छ । ती ब्यक्तिको मृत्युको सयौं बर्षपछि गरिएको अनुसन्धानमा उनका आफन्तलाई उनलाई महिनौंसम्म फटेंग्रा खुवाएको तथ्य बाहिरिएको हो ।

करीब १००० देखि १४०० बर्षअघि मृत्यु भएका ती ब्यक्तिको संरक्षित शरीरको अवशेष ’ममी’ माथि भएको अनुसन्धानमा उनका परिवारजनले उनलाई महिनौसम्म फटेंग्रा खुवाएको पत्ता लागेको हो । जसबाट उनको दर्दनाक मृत्यु भएको थियो । उनको मृत्युको कारण भने कब्जीयत रहेको थियो ।

वैज्ञानिक तथा चिकित्सकको टोलीले ती ब्यक्तिको बचेको अवशेषको अध्ययन गर्दा उनलाई छागस नामक रोग रहेको पत्ता लाग्यो । जसका कारण मृतकको पेट सुन्निएर ६ गुणा ठुलो भएको थियो । यति धेरै मात्रामा पेट सुन्निएपछि उनको पाचन शक्ति सकियो र ती ब्यक्ति कुपोषित बन्न पुगे । ती ब्यक्ति मर्नुअघि यति कुपोषित भएका थिए कि उनी हलचल समेत गर्न सक्दैन थिए ।

मृतकको मृत्युबारे अनुसन्धानमा जुटेका नेब्रास्का लिंकन विश्वविद्यालयका प्रोफेसर कार्ल रेनहार्डका अनुसार ती ब्यक्तिको पाचनशक्ति बिग्रिएपछि उनलाई आफन्तले फटेंग्रा खुवाए ।

सायद आफन्तले उनलाई निको पार्ने उदेश्यले फटेंग्रा खुवाए तर ती ब्यक्तिको मृत्यु भने सोही कारणले भयो ।

ती ब्यक्तिको अवशेष गाय स्काइल्स नामक एक ब्यक्तिले सन् १९३७ मा भेटेका थिए । यसलाई सन् १९६८ सम्म एक सानो म्युजियममा राखिएको थियो । पछि इन्स्टिट्यूट अफ टेक्सन कल्चरको रिसर्च सेन्टरमा ल्याइयो । उनको अवशेषको सन् १९८० र १९८६ मा अनुसन्धान भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ३८ बजे

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको