रोजगारी सिर्जना र ठगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री चौधरी « Khabarhub

रोजगारी सिर्जना र ठगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री चौधरी


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले भने, “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु ।”

मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने बताए ।

उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए । “अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु”, उनले भने ।

वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै मन्त्री चौधरीले भने, “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ५८ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको