मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रका विद्यालय तत्काल खोल्न नदिने « Khabarhub

मध्यपुरथिमि नगरपालिकाले नगर क्षेत्रका विद्यालय तत्काल खोल्न नदिने

भर्चुअल कक्षा सञ्चालन गर्न नगर प्रमुखको आग्रह


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चाल गर्न अनुमति नदिने भएको छ ।

कोभिड–१९ को महामारीका कारण गत चैतदेखि विद्यालय बन्द छन् । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आयोजना गरेको बधाई, शुभकामना तथा अन्तक्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति नदिने जानकारी दिए।

“अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लान सके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाइ गराऔँ ।”

कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि सञ्चालन गर्न रोक्न नहुने बताएका थिए । सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षाका उपाय अवलम्बन गरेर भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : १५ बजे

टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

काठमाडौँ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ, एमालेले चितवन २

एसईईको प्रश्नपत्र आउट गर्ने विद्यार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

बारा – आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको

‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन

काठमाडौँ — ‘डेमोक्रेटिक समिट’ मा नेपालले सहभागिता जनाएको छ ।

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल