संक्रमित घटेपछि बागेश्वरीको आइसोलेशन खाली « Khabarhub

संक्रमित घटेपछि बागेश्वरीको आइसोलेशन खाली


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेशन खाली भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि आइसोलेशन खाली भएको हो । चिकित्सालयका कार्यकारी निर्देशक डा हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेशन रहेकाले थोरै सङ्ख्यामा सङ्क्रमित बस्न डराउँछन् ।

यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेशनमा बस्न गएसँगै चिकित्सालयको आइसोलेशन खाली भएको हो । उनले भने, “आइसोलेशन बन्द गरेका छैनौँ । खाली भएको हो ।”

गत भदौ १४ गतेबाट शुरु गरिएको आइसोलेशनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन् । एकै साथ ठूलो सङ्ख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेशन राखिएको छ । हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेशन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ ।

भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेशन सञ्चालन गरेको हो । आइसोलेशनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ । ९० जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेशनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो । निर्देशक डा कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो ।

यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस् पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित ब्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो ।

सो आइसोलेशनमा ८ महिनादेखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेशनमा आएका सङ्क्रमित ७ दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका जनाइएको छ । सामान्य लक्षण देखिएकालाई समेत आइसोलेशनमा राखेर उपचार गरिएको थियो । जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन् । हाल २९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये २६४ जना होम आइसोलेशन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये महानगरका २३५ जना छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ४५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी