ओमानका स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप « Khabarhub

ओमानका स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमानमा पनि सुरु भएको छ । खोप सुरु भएसँगै ओमानका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल-सैदीले कोरोनाविरूद्धको पहिलो खोप लगाएका छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घकालीन रोग भएका व्यक्तिहरू, वृद्ध, मधुमेह रोग, दीर्घकालीन फोक्सोको रोग भएका व्यक्तिहरूलाई खोप दिइनेछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने रणनीति तयार गरेको छ, जसलाई विभिन्न चरणमा विभाजन गरी खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

दोस्रो ब्याचको भ्याक्सिन आगामी जनवरीसम्ममा आइपुग्ने जनाएको छ । ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । मन्त्रालयले तोकेको ४० स्वास्थ्य केन्द्रहरु मध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिने जनाएको छ ।

ओमानमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख २८ हजार ४७२ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २० हजार ९७६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार ४९५ जना रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा