कोरोनाका कारण रोकिएको नेफ्टा अवार्ड यस वर्ष हुने « Khabarhub

कोरोनाका कारण रोकिएको नेफ्टा अवार्ड यस वर्ष हुने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।

आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो ।

नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेलले जानकारी दिइन् ।

कोरोना महामारीपछि अहिले जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरुपनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन यहि बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको बताइएको छ ।

कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं, संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।

गत बर्षको चैत्र २२ लाई टुँडीखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : ५३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज