कोरोनाका कारण रोकिएको नेफ्टा अवार्ड यस वर्ष हुने « Khabarhub

कोरोनाका कारण रोकिएको नेफ्टा अवार्ड यस वर्ष हुने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यस वर्ष गरिने भएको छ ।

आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने जानकारी दिएको हो ।

नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेलले जानकारी दिइन् ।

कोरोना महामारीपछि अहिले जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरुपनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन यहि बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको बताइएको छ ।

कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं, संयोजक पौडेलसँगै ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।

गत बर्षको चैत्र २२ लाई टुँडीखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : ५३ बजे

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन