सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा « Khabarhub

सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले फिल्म हल खुला गर्न मौखिक सहमति दिएको छ । नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले सरकारले हल सञ्चालनको अनुमति दिएको बताए ।

शर्माका अनुसार सरकारको मौखिक सहमति भए पनि मन्त्रिपरिषदबाट निर्णय भएको छैन । साथै, सरकारले सिनेमा हलमा कोरोनाको महामारीको मापदण्ड हल सञ्चालकले पूरा गरेको र नगरेको बारे पनि अनुगमन गर्ने भएको छ ।

यसअघि कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै नेपालमा गत चैत्र ६ गतेदेखि सिनेमा हल बन्द गर्ने निर्ण गरेको थियो । त्यसपछि नेपालमा लामो समय लकडाउन गरिएको थियो ।

हल सञ्चालकहरुले कोरोना महामारीपछि अब जनजीवन सामान्य भएको भन्दै गत पुस १० गतेदेखि नेपालभरका सिनेमा हल खोल्ने एकतर्फी निर्णय गरेका थिए ।

सिनेमा हल खुले पनि दर्शक भने फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ५९ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर