चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता नेपालबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता नेपालबीच भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको (दाहाल-नेपाल) समूहका अर्का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले भेटवार्ता गरेका हुन् ।

सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको हो।

पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित चार जना सहभागी छन्।

भेटवार्तामा नेकपाभित्रको विवादमा चिनियाँ टोलीले चासो दिएको बुझिएको छ ।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र बेलुका नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।

सो टोलीले आज विहानबाट पनि भेटवार्तालाई तिव्रता दिएको छ । नेपालसँगको भेटअघि टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ०६ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट