राइडरहरूले गरे पठाओ कार्यालय तोडफोड « Khabarhub

राइडरहरूले गरे पठाओ कार्यालय तोडफोड


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरूले तोडफोड गरेका छन् ।

केही समयदेखि कम्पनीविरुद्ध आन्दोलत गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको हो ।

प्रहरीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको  र त्यसबारे निर्णय सुनाउन लाग्दा एक समूहले तोडफोड गरेको हो ।

असन्तुष्ट समूहले राइडरलाई कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको तथा आफूखुसी निर्णयहरु गर्ने गरेको भन्दै आरोप लगाइरहेका छन् ।

प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा केही युवालाई प्रकाउ गरेको छ ।

आन्दोलतरत राइडरले राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका मागहरु राखेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : २९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी