वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय « Khabarhub

वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्षको जेल सजाय


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेको छ ।

चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर गरी सोमबार चार वर्ष जेल सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई मे मा प्रहरीले दोषी मान्दै नियन्त्रणमा लिएको थियो । ३७ वर्षीय उनी केही महिना भोकहड्तालमा पनि बसेकी थिइन् । वकिलले उनको स्वास्थ्य अवस्था कमजोर रहेको बताएका छन् ।

उनले कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित अन्यलाई पनि चीनले निशाना बनाएको छ ।

उनी गत फेब्रुअरीमा महामारीबारे रिपोर्टिङ्गका लागि वुहान गएकी थिइन् । उनले त्यहाँबाट महामारीबारे रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् ।

उनका रिपोर्टले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा पनि चासो पाएपछि उनी चिनियाँ अधिकारीको चासोमा थिइन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मे १४ मा वुहानबाट हराएकी थिइन् । पछि उनलाई सांघाई प्रहरीले पक्राउ गरेको खुलासा भएको थियो ।

उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको भन्दै आरोप लगाइएको थियो । साथै उनलाई विदेशी सञ्चारमाध्मयलाई अन्तर्वार्ता दिएकोप्रति पनि प्रश्न गरिएको थियो ।

प्रहरीले उनलाई पाँच वर्षको जेल सजाय माग गरेको थियो । अदालतले भने चार वर्षको सजाय सुनाएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  २ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको