हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?: रामचन्द्र पौडेल « Khabarhub

हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?: रामचन्द्र पौडेल


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विघटन भए पनि सर्वोच्च अदालतले मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन सक्ने बताएका छन् ।

आज सोमवार नेपाली कांग्रेसले तनहुँमा गरेको विरोधपछि आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले संसद ब्युँताएर अदालतले संविधानको रक्षा गर्न सक्ने धारणा राखेका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेर सरकारले संविधानमाथि नै ‘बलात्कार’ गरेकाले त्यसको विरोधमा कांग्रेस सडकमा उत्रिनुपरेको बताए ।

साथै उनले ओली सरकारले वाइडबडी काण्ड, यती, ओम्नी, गोकर्ण रिसोर्ट लगायतका ठूला भ्रष्टाचारबाट चोखिन विभिन्न आयोग गठन गरेको र ती आयोग संसदबाट उल्टिन सक्ने देखेर संसद नै भंग गरेको आरोप लगाए ।

नेता पौडेलले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरी देशमाथि अपराध गरेको, संविधानमाथि प्रहार गरेको आरोप लगाए ।

उनले यो मुलुकलाई अनिष्टमा पुग्न नदिन सर्वोच्च अदालतले मात्र सक्ने दोहोर्‍याए । ‘हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?, एकछिनको रमाइलो हो, त्यसैले यो संविधान बच्नुपर्छ ।,’ उनले भने ।

‘यो मुलुकलाई शासनविहीन बनाएर खेलवाड गर्न खोजिएको छ । यसले गम्भीर प्रश्न उठाएको छ,’ उनले भने ।

उनले संविधान भंग गरेर यो देशलाई युद्धतर्फ धकेल्न खोजेको समेत आरोप लगाए ।

‘मलाई लागिरहेको छ, यो देशलाई अफगानिस्तान बनाउने प्रपण्च रचिएको छ । हामीले भर्खरै दश वर्षको हिंसा भोगेर फेरि युद्धमा जानुपर्ने?,’ उनले भने ।

‘यो देशको संसद् विघटन भयो, चुनाव पनि सहज रुपमा नहुने हो भने के हुन्छ ? मैले हेरिरहेको छु, यस्तो भयो भने के हुन्छ? यहाँ विदेशी शक्तिले आँखा लगाएका छन् ।,’ उनले भने ।

उनले संसद विघटन हुनु जनताले नेतालाई सच्याउने मौका पाएको पनि बताए ।

‘हामीले भनेका थियौं, लुटेर, चोरेर जिते पनि जित्यौ, गर पाँच वर्षसम्म गरी खाऊ भनेर हामीले त भनेको हो । हामी चुप पनि लागेका हौँ तर गरेर खाने कुरा त परको कुरा संविधान नै फाल्ने तयारी थालियो ।,’ उनले भने ।

उनले यस्तै किसिमको तानातानीले संविधान खारेज भयो भनेयस्तो सन्तुलित संविधान नआउने र देश जोगाउन पनि गाह्रो पर्ने बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ०१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल