हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?: रामचन्द्र पौडेल « Khabarhub

हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?: रामचन्द्र पौडेल


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विघटन भए पनि सर्वोच्च अदालतले मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन सक्ने बताएका छन् ।

आज सोमवार नेपाली कांग्रेसले तनहुँमा गरेको विरोधपछि आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले संसद ब्युँताएर अदालतले संविधानको रक्षा गर्न सक्ने धारणा राखेका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेर सरकारले संविधानमाथि नै ‘बलात्कार’ गरेकाले त्यसको विरोधमा कांग्रेस सडकमा उत्रिनुपरेको बताए ।

साथै उनले ओली सरकारले वाइडबडी काण्ड, यती, ओम्नी, गोकर्ण रिसोर्ट लगायतका ठूला भ्रष्टाचारबाट चोखिन विभिन्न आयोग गठन गरेको र ती आयोग संसदबाट उल्टिन सक्ने देखेर संसद नै भंग गरेको आरोप लगाए ।

नेता पौडेलले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरी देशमाथि अपराध गरेको, संविधानमाथि प्रहार गरेको आरोप लगाए ।

उनले यो मुलुकलाई अनिष्टमा पुग्न नदिन सर्वोच्च अदालतले मात्र सक्ने दोहोर्‍याए । ‘हामीलाई त चुनाव भइदिए मजा हुन्छ, तर संविधान नै गएपछि के मजा?, एकछिनको रमाइलो हो, त्यसैले यो संविधान बच्नुपर्छ ।,’ उनले भने ।

‘यो मुलुकलाई शासनविहीन बनाएर खेलवाड गर्न खोजिएको छ । यसले गम्भीर प्रश्न उठाएको छ,’ उनले भने ।

उनले संविधान भंग गरेर यो देशलाई युद्धतर्फ धकेल्न खोजेको समेत आरोप लगाए ।

‘मलाई लागिरहेको छ, यो देशलाई अफगानिस्तान बनाउने प्रपण्च रचिएको छ । हामीले भर्खरै दश वर्षको हिंसा भोगेर फेरि युद्धमा जानुपर्ने?,’ उनले भने ।

‘यो देशको संसद् विघटन भयो, चुनाव पनि सहज रुपमा नहुने हो भने के हुन्छ ? मैले हेरिरहेको छु, यस्तो भयो भने के हुन्छ? यहाँ विदेशी शक्तिले आँखा लगाएका छन् ।,’ उनले भने ।

उनले संसद विघटन हुनु जनताले नेतालाई सच्याउने मौका पाएको पनि बताए ।

‘हामीले भनेका थियौं, लुटेर, चोरेर जिते पनि जित्यौ, गर पाँच वर्षसम्म गरी खाऊ भनेर हामीले त भनेको हो । हामी चुप पनि लागेका हौँ तर गरेर खाने कुरा त परको कुरा संविधान नै फाल्ने तयारी थालियो ।,’ उनले भने ।

उनले यस्तै किसिमको तानातानीले संविधान खारेज भयो भनेयस्तो सन्तुलित संविधान नआउने र देश जोगाउन पनि गाह्रो पर्ने बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ०१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी