काठमाडौँ– उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
सोमबार भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई दिएका छन् ।
भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा समेत छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया