९ एसएसपी डीआईजीमा बढुवा सिफारिस « Khabarhub

९ एसएसपी डीआईजीमा बढुवा सिफारिस


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले ९ एसएसपीको बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

बढु्वा समितिले बरिष्ठताका आधारमा एसएसपीहरुलाई डीआइजी बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने ८ एसएसपीआइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने दिवेश लोहनी एआइजी विश्व पोखरेलका ब्याची हुन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ५६ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन