मालपोत र नापी कार्यालयका जनगुनासो सम्बोधन हुन्छन् : मन्त्री तुम्बाहाम्फे « Khabarhub

मालपोत र नापी कार्यालयका जनगुनासो सम्बोधन हुन्छन् : मन्त्री तुम्बाहाम्फे


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयका जनगुनासोलाई सम्बोधन गर्ने बताएकी छिन ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार पदभार ग्रह गर्दै मन्त्री तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो धेरै आउने गरेको भन्दै जनगुनासोलाई सम्बोधन गर्ने बताएकी हुन ।

उनले जनगुनासोलाई सम्बोधन गर्न नसकेसम्म मन्त्रालयले जति नै राम्रो काम गरेपनि परिणाम नदेखिने बताए ।

मन्त्री तुम्बाहाम्फेले भूमिसँग जोडिएका नागरिकका मौलिक हकलाई कार्यान्वयन गर्न भूमि मन्त्रालय मातहतका सबै निकायहरु एकजुट भएर कामगर्नुपर्नेमा जोड दिइन ।

कतिपय अवस्थामा कर्मचारीले समयमा नै काम सम्पन्न गर्न नसकेको पाइएको भन्दै उनले संगठित हुँदै सहकार्यमा आधारित रहेर काम गर्न कर्मचारीलाइ निर्देशन समेत दिइन।

उनले कानुनी रुपमा जुनसुकै काम गर्न छुट भएपनि गैरकानुनी रुपमा काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिइन।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : १३ बजे

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर