मालपोत र नापी कार्यालयका जनगुनासो सम्बोधन हुन्छन् : मन्त्री तुम्बाहाम्फे « Khabarhub

मालपोत र नापी कार्यालयका जनगुनासो सम्बोधन हुन्छन् : मन्त्री तुम्बाहाम्फे


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयका जनगुनासोलाई सम्बोधन गर्ने बताएकी छिन ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार पदभार ग्रह गर्दै मन्त्री तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो धेरै आउने गरेको भन्दै जनगुनासोलाई सम्बोधन गर्ने बताएकी हुन ।

उनले जनगुनासोलाई सम्बोधन गर्न नसकेसम्म मन्त्रालयले जति नै राम्रो काम गरेपनि परिणाम नदेखिने बताए ।

मन्त्री तुम्बाहाम्फेले भूमिसँग जोडिएका नागरिकका मौलिक हकलाई कार्यान्वयन गर्न भूमि मन्त्रालय मातहतका सबै निकायहरु एकजुट भएर कामगर्नुपर्नेमा जोड दिइन ।

कतिपय अवस्थामा कर्मचारीले समयमा नै काम सम्पन्न गर्न नसकेको पाइएको भन्दै उनले संगठित हुँदै सहकार्यमा आधारित रहेर काम गर्न कर्मचारीलाइ निर्देशन समेत दिइन।

उनले कानुनी रुपमा जुनसुकै काम गर्न छुट भएपनि गैरकानुनी रुपमा काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिइन।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : १३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी