चक्कु प्रहार गरी श्रीमानको हत्या  « Khabarhub

चक्कु प्रहार गरी श्रीमानको हत्या 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पश्चिम)मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ ।

३९ वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् ।

किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् ।

घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५.१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए ।

त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए ।

श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : १४ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन