छात्रावास तोडफोडको आरोपमा चिकित्सक पक्राउ | Khabarhub Khabarhub

छात्रावास तोडफोडको आरोपमा चिकित्सक पक्राउ


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ ।

घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए ।

सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्काएर उनीहरु प्रवेश गरेको बताइएको छ । तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्ष गर्दै थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : ४९ बजे

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर