प्रवक्ता शर्माको प्रश्न : ओली सरकारले बाँडेका सपना कहाँ पुगे ? « Khabarhub

प्रवक्ता शर्माको प्रश्न : ओली सरकारले बाँडेका सपना कहाँ पुगे ?


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने  नैतिक र जानीतिक आधार गुमाइसकेको बताएका छन् ।

संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।

प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा अहिलेको स्थिति आएको बताए । उनले कम्युनिष्ट सरकारले  रेल, पानीजहाज, पानीका धाराबारे जनतालाई बाँडेको सपना कता गयो ? भन्दै प्रश्नसमेत गरेका थिए ।

प्रवक्ता शर्माले नेपाली काँग्रेस कसैको पक्षमा नभई जनताको पक्षमा रहेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कस्तो बन्नुपर्छ भन्ने कुरा पूर्व राष्ट्रपति रामवरण यादवसँग सिक्नका लागि आग्रह गरे ।

अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल सबै दोषी रहेको आरोप लगाए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५० बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन