चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ ।

सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाउनुभएको सन्देश हस्तान्तरण गर्नुहुँदै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका थिए ।

सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई बढावा दिन जनप्रतिनिधिमूलक संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सदैव तयार रहेको बताएका थिए ।

कोरोनाको प्रभाव कम हुने बित्तिकै एक अर्का देशमा भ्रमण आदानप्रदान गर्ने विषयमा समेत उनीहरुबीच विचारविमर्श भएको थियो । सभामुख सापकोटाले कोरोना महामारी नियन्त्रणका लागि चीन सरकार र चिनियाँ जनताले देखाएको सहयोगको समेत त्यस अवसरमा प्रशंसा गरेका थिए ।

यस्तै प्रतिनिधिमण्डलले आजै पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो ।

छुट्टाछुट्टै भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । आज बिहान मात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : ०५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला