३ करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा « Khabarhub

३ करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा रु तीन करोड ६५ लाख नौ हजार ४५६ बराबरको बदमासी भेटिएको हो ।

आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ४६ बजे

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन